+
+

नेपाली बालिकालाई रेमो डिसुजाले दिए ‘डान्स इन्डिया डान्स’मा भाग लिन निम्तो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ५ गते १७:३९

काठमाडौं । फिल्म ‘पुष्पा’को चर्चित गीत ‘सामी सामी’ गीतमा आकर्षक नृत्य गर्दै भाइरल बनेकी नेपाली बालिका बरिशा थापाको चर्चा नेपालमा मात्र सीमित छैन ।

‘पुष्पा’ अभिनेत्री रश्मिका मन्दानाले बालिकासँग भेट्न चाहेको बताएपछि उनको चर्चा रातारात चुलियो । यसैबीच, बलिउड कोरियोग्राफर रेमो डिसुजा र बालिकाबीच जुममार्फत भर्चुअल कुराकानी भएको छ ।

हेटौंडास्थित एक स्कुलमा युकेजीमा अध्ययनरत यी बालिकालाई कोरियोग्राफर डिसुजाले आफ्नो आगामी रियालिटी शो ‘डान्स इन्डिया डान्स’मा सहभागिताका लागि निम्तो दिएका छन् ।

‘तिमीले अडिसन पनि दिनुपर्दैन र वाइल्ड कार्ड इन्ट्रीमार्फत सीधै भाग लिन पाउनेछौ’ उक्त जुम मिटिङमा डिसुजाले भनेका छन् । बरिशालाई आफूले भेट्न चाहेको बताउँदै भारत आउन उनले निम्तो दिएका हुन् ।

उक्त भर्चुअल कुराकानीमा बरिशाले डिसुजालाई सामी सामी बोलको गीतमा आकर्षक डान्स समेत देखाएकी थिइन् । बरिशाको स्कुलका प्रिन्सिपल पनि भर्चुअल छलफलमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?