
६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार अन्त्य हुनुपर्ने नागरिकको चाहना पूरा गर्ने बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रहेका सिंहले आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । ‘जतासुकै भ्रष्टाचार व्याप्त छ, जहाँ जाऔं अस्तव्यस्त छ, अब यसलाई समाधान गर्न नसके झन् विकराल अवस्था आउने भएकाले मेरो पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन हो,’ उनले भने ।
यस पटकको निर्वाचन मुलकमा राजनीतिक स्थिरता चाहने र स्थिरता नचाहनेहरु बीचको प्रतिस्पर्धा भएको भन्दै उनले जनताले उपयुक्त निर्णय गर्ने समय आएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4