
७ कात्तिक, काठमाडौं । ललितपुरमा आयोजित १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आइतबार सकिएको छ ।
मेलामा ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको मेला आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । मेलामा ४४ हजार पाँच सयले अवलोकन गरेको पनि तामाङले बताए ।
चार दिनसम्म सञ्चालनमा आएको मेला अपेक्षा गरिएभन्दा पनि सफल भएको एसोसिएसनले जनाएको छ । तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको मेला आयोजना गरिएको हो ।
फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रबर्द्धन गर्ने उद्देश्यअनुरूप मेला आयोजना गरिएको मेलामा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल दुई र सूचनामुलक चार गरी ५५ स्टल रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4