+
+

मध्यविन्दु जिल्ला अस्पतालमा पहिलो पटक छाला प्रत्यारोपण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ८ गते ११:००

८, कात्तिक, चितवन । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा पहिलो पटक छाला प्रत्यारोपण गरिएको छ ।

गत भदौमा आगोमा पोलिएका बिरामीको निःशुल्करूपमा पहिलो पटक शल्यक्रिया गरी छाला प्रत्यारोपण गरिएको अस्पतालका जनरल सर्जन डा. अर्चन घिमिरेले जानकारी दिए ।

जिल्ला कै बुलिङटार-४ सिंचाङका ५१ वर्षीय तुलबहादुर सार्कीको आगोले पोलेको दाहिने हातमा छाला प्रत्यारोपण गरिएको हो । सार्कीको हातको कुहिनो (एल्बो) एरियामा पोलेको थियो ।

जनरल सर्जन डा. अर्चन घिमिरे, डा. कमलराज न्यौपाने, डा. जितेन्द्र कण्डेलको टीमले शल्यक्रियामार्फत छालाको प्रत्यारोपण गरेको थियो ।

विकट पहाडी बुलिङटार गाउँका अति विपन्न समुदायका व्यक्ति भएकाले अस्पतालको सामाजिक सेवा इकाइमार्फत उनको सम्पूर्ण खर्च निःशुल्क हुने गरी उपचार गरिएको अस्पतालका जनरल सर्जन डा. अर्चन घिमिरेले बताए ।

डढेको भाग पहिले जस्तै हुने भएपछि खुसी भएको तुलबहादुरले बताए । उनकी श्रीमती पदमकुमारी सार्कीले पोलेको घाउ कसरी सच्चो होला भनेको त छाला समेत राम्रो हुन्छ भन्ने थाहा पाउँदा खुसी मिलेको बताइन् ।

नवलपुर जिल्लामा सरकारी र निजी क्षेत्रका स्वास्थ्य संस्थाबाट पहिलो पटक छालाको प्रत्यारोपण गरिएकोले यसलाई थप निरन्तरता दिइने अस्पतालका जनरल सर्जन डा.अर्चन घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?