+
+

शान्ति मिसनमा डाक्टर पनि पठाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ८ गते १२:२०

८ कात्तिक, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका स्थायी डाक्टरलाई पनि शान्ति मिसनमा पठाउने भएको छ ।

रक्षा मन्त्रालयले पहिलो पटक स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै लिवियाको शान्ति मिसनका लागि तीन जना जनरल सर्जन पठाउन आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले एक सूचना निकाल्दै एक वर्षे मिसनका लागि लिविया जान चाहने जनरल सर्जनले आगामी १६ कात्तिकसम्ममा सम्पर्क गर्न अनुरोध गरेको छ ।

एक वर्षे मिसनमा जाने चिकित्सक मन्त्रालय अन्तरर्गतको स्थायी कर्मचारी हुनुपर्ने र कम्तीमा तीन वर्षको अनुभव प्राप्त हुनुपर्ने सूचना उल्लेख छ । मन्त्रालयको सूचना अनुसार इच्छुकले [email protected] मा यही १६ गतेसम्म आवेदन दिनु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?