
काठमाडौं । मार्भल स्टुडियोको आगामी फिल्म ‘एन्ट-म्यान एण्ड द वास्पः क्वान्टुमेनिया’को ट्रेलर रिलिज भएको छ । मार्भल स्टुडियोको यो फिल्ममा एकपटक फेरि एन्ट-म्यान र वास्पतको जोडी देख्न पाइनेछ ।
ट्रेलरमा दुवै जना एक एडभेन्चरमा निस्किएका हुन्छन् । स्कट ल्यांग अर्थात् पल रुड र होप व्यान डायने अर्थात् इवांगेलिन लिली दर्शकलाई यसपटक अनौठो दुनियाँमा लिएर जानेछन् ।
यसै फिल्मका साथ मार्भल सिनेम्याटिक युनिभर्सको फेज-५ को सुरुवात हुने समेत जनाइएको छ ।
दुई मिनेट १९ सेकेन्डको ट्रेलरमा अनौठो दुनियाँका धेरै कुरा महसुस गर्न सकिन्छ भने कुनै पलमा ‘डक्टर स्ट्रेन्जः इन द मल्टीभर्स अफ म्याडनेस’को समेत याद दिलाउँछ ।
पेटन रीड निर्देशित फिल्म ‘क्वान्टुमेनिया’ सन् २०२३ को १७ फेब्रुअरीमा विश्वव्यापी रिलिज हुने तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4