८ कात्तिक, काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले श्रीलंकामाथि ७ विकेटको सानदार जित हात पारेको छ ।
घरेलु टोलीले पर्थमा जितका लागि पाएको १५८ रनको लक्ष्य खेल सकिन २१ बल बाँकी छँदै ३ विकेट गुमाएर भेट्टायो ।
अष्ट्रेलियालाई जिताउन मार्कस स्टोनिसले नट आउट ५९ रन बनाए । १८ बल मात्र खेलेका उनले ४ चौका र ६ छक्का हाने ।
यस्तै आरोन फिञ्च पनि ३१ रनमा नट आउट रहे । ग्लेन म्याक्सवेल २३, मिचेल मार्स १८ र डेभिड वार्नर ११ रनमा आउट भए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।
श्रीलंकाका पाथुन निसान्का ४० रनमा आउट भए भने चरिथ असलंका ३८ रनमा नट आउट रहे । धनञ्जय डी सिल्भा २६ रनमा आउट भए ।
पहिलो खेलमा न्युजिल्याण्डसँग ८९ रनले पराजित भएको अष्ट्रिेलियालाई यो जितसँगै राहत मिलेको छ ।
प्रतिक्रिया 4