१० कात्तिक, काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा दक्षिणा अफ्रिकाले बंगलादेशमाथि १०४ रनको फराकिलो जित हात पारेको छ ।
सिड्नीमा जितका लागि २०६ रनको लक्ष्य पछ्याएको बंगलादेश १६.३ ओभरमा १०१ रनमा अलआउट भयो ।
बंगलादेशका लिटोन दासले ३४ तथा शौम्य सरकारले १५ रन बनाए । दक्षिण अफ्रिकाका एन्रिच नोर्टेजले ४ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो । उसका लागि रिल रोस्सुले १०९ रन बनाए । त्यसक्रममा ५६ बलको सामना गरेका उनले ७ चौका र ८ छक्का हाने ।\
यस्तै क्विन्टन डी ककले ६३ रन बनाए ।
पहिलो खेलमा जिम्बावेसँग अंक बाँडेको दक्षिण अफ्रिकाको २ खेलबाट ३ अंक छ । बंगलादेशको भने २ अंक मात्र छ ।
प्रतिक्रिया 4