
काठमाडौं । भारतको बैंग्लोर पुगेका अभिनेता राजेश हमाल गएराति १२ बजे मात्र काठमाडौंमा अवतरण गरे । आउन ढिलाइ भएपछि उनको भाइटीका पनि छुट्यो ।
बैंग्लोरमा तीन दिन रहँदा हमालले आर्ट अफ लिभिङको आश्रममा समय बिताए । जहाँ अन्तर्वार्ता सिरिज भीएफवाई टक्स पनि छायांकन भयो । योगगुरु रविशंकर र हमालबीच योग, अध्यात्म र जीवनका आयामबारे गहन कुराकानी भयो ।
ठीक एक महिना पहिले हमाल भारतकै तमिलनाडुस्थित आश्रम पुगेका थिए । त्यहाँ उनले सद्गुरुसँग भेटेर अन्तर्वार्ता लिए । हमाल र सद्गुरुको उक्त अन्तर्वार्ताको भिडियोले राम्रै चर्चा पायो ।
भीएफवाई टक्सका प्रमुख दशरथ सुनारका अनुसार अभिनेता हमालले अझै केही विश्वचर्चित सेलिब्रिटीसँग अन्तर्वार्ता लिनेछन् । जसको सूची र समयबारे निधो भइसकेको छैन । सूचीमा अर्का एक विश्वचर्चित योग तथा अध्यात्म गुरु पनि छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4