
काठमाडौं । विश्वचर्चित र्याप गायक कान्ये वेस्ट यतिबेला जीवनकै अभूतपूर्व संकटमा छन् । बितेका २० वर्षमा कमाएको लोकप्रियता र प्रभाव अहिले धर्मराएको छ ।
पछिल्लो समय साम्प्रदायिक र धार्मिक भावना विपरीतका अभिव्यक्ति दिन थालेपछि एडिडास, ब्यालेन्सियागा र ग्यापजस्ता फेसन ब्राण्डले उनीसँगको सम्झौता रद्द गरेका छन् ।
फोर्ब्स म्यागजिनले त उनी अर्बपतिको सूचीबाट हटेको जनाएको छ । अर्बपति हुँदा उनको कुल सम्पत्ति १.५ बिलियन डलर थियो, जसमा एडिडासको हिस्सा ४०० मिलियन डलर हुन आउँथ्यो ।
सामाजिक सञ्जालमा समेत खासगरी यहुदीविरोधी टिप्पणी गर्न थालेपछि गत साता इन्स्टाग्रामले उनलाई प्रतिबन्ध लगाइसकेको थियो ।
अब प्रश्न उठ्छ, यतिबेला वेस्टसँग न त कुनै म्युजिक लेभल नै छन्, न त संगीत निर्माता । भविष्यमा संगीत निर्माण कसरी गर्नेछन् भन्ने प्रश्न पनि उब्जिएको छ ।
पछिल्लो पटकको उनको यस्तो दुर्व्यवहार प्रकरणमा वेस्टसँग सम्झौता रद्द गर्ने ब्राण्डसँगै युनिभर्सल र सोनी म्युजिक पनि जोडिएका छन् । पछिल्लो समय पश्चिमा विश्वका मनोरञ्जन जगतका ब्राण्डले यौन, रंगभेद र धर्मसम्बन्धी विषयमा शून्य सहनशीलता अपनाउँदै आएका छन् ।
प्रतिक्रिया 4