
११ कात्तिक, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूले केही स्थानमा देखिएको विवाद छिट्टै समाधान गर्ने बताएका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै केही स्थानमा विवाद रहेको र त्यसलाई छलफलमार्फत निष्कर्षमा पुर्याउने बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘केही स्थानमा भने मित्रवत प्रतिस्पर्धा गर्ने तय गरिएको छ, ती स्थानहरूमा एक आपसमा समान र सौहादपूर्ण व्यवहार गर्ने सहमति भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4