
१२ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेका उम्मेदवार सूर्य थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
प्यूठानबाट उम्मेदवार रहेका थापाले चुनावी प्रचार प्रसारमा बालबालिका प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । ‘निर्वाचनका प्रक्रिया अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नु भएको हो ?’ आयोगले सोधेको छ ।
थापालाई आफैं उपस्थित भएर वा प्रतिनिधिमार्फत स्पष्टिकरण दिन आयोगले निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4