
१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले आउँदो स्थानीय चुनावमा विदेशबाटै भोट हाल्न पाउने व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ ।
सोमबार सार्वजनिक माओवादी केन्द्रको घोषणापत्रमा लेखिएको छ, ‘आगामी स्थानीय निर्वाचनसम्म विदेशमा रहेका नेपालीहरुले आफू कार्यरत मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था गरिनेछ ।’
हरेक ५ वर्षमा हुने स्थानीय तहको अर्को निर्वाचन अब २०८४ मा हुनेछ ।
सर्वोच्च अदालतले ०७४ मा विदेशमा बस्ने नेपालीलाई पनि मतदानको अधिकार दिन सरकारका नाममा आदेश दिएको थियो । २०३७ सालको जनमत संग्रहमा विदेशमा रहेका नेपालीले पनि भोट हालेका थिए । तर हाल विदेशमा रहेकाहरुले मतदान गर्न पाउँदैनन् । विदेशमा रहेका नेपालीले भने आफूहरुले पनि मत दिन पाउने व्यवस्था गर्न माग गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4