
१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले मुस्ताङमा रहेको बहुमूल्य युरेनियम खानीबाट व्यावसायिक प्रशोधन थाल्ने योजनालाई पनि प्राथमिकतामा राखेको छ । सोमबार माओवादीले सार्वजनिक चुनावी प्रतिबद्धतापत्रमा अन्तर्राष्ट्रिय एजेन्सीहरूसँगको समन्वयमा मुस्ताङमा रहेको युरेनियमको व्यावसायिक प्रशोधन र उपयोगको कार्ययोजना तयार गरिने उल्लेख छ ।
‘अन्तर्राष्ट्रिय एजेन्सीहरूसँगको समन्वयमा मुस्ताङमा रहेको युरेनियमको व्यावसायिक प्रशोधन र उपयोगका लागि कार्ययोजना तयार गरिने छ’ प्रतिबद्धतापत्रमा भनिएको छ ।
यस्तै फलाम तथा बहुमूल्य रत्नहरूको उत्पादन र प्रशोधन कार्य तथा पेट्रोलियम पदार्थ र तामा खानीको अन्वेषण कार्यलाई तीव्रता दिइने पनि प्रतिबद्धतापत्रमा समावेश गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4