१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा वागमतीविरूद्ध व्याटिङ गरिरहेको प्रदेश १ का लागि अंकित सुवेदीले शतक प्रहार गरेका छन् ।
टस जितेर ब्याटिङ रोजेको प्रदेश १ का लागि ओपनिङ गरेका अंकितले १२२ बलमा ११ चौका र १ छक्काको सहयोगमा राष्ट्रिय एकदिवशीय करिअरको पहिलो शतक पूरा गरेका हुन् ।
१८ वर्षीय दायाँ हाते अंकित प्रदेश १ को सिनियर टिमबाट गत वर्षदेखि खेल्न थालेका हुन् । त्यसअघि उनी प्रदेश १ कै यू–१९ टिमबाट खेलेका थिए ।
प्रधानमन्त्री कपको समूह बी अन्तर्गत सोमबार भएको खेलमा अंकितले नेपाल पुलिसविरूद्ध २४ रन जोडेका थिए । सो खेलमा प्रदेश १ ले ७ विकेटको पराजय ब्यहोरेको थियो ।
प्रतिक्रिया 4