
१५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि नेपाल धितोपत्र बोर्डले लाइसेन्स वितरण प्रक्रिया स्थगित गरेको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालक (स्टक एक्सचेञ्ज), वस्तु विनिमय बजार (कमोडिटी एक्सचेञ्ज) र धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) को लाइसेन्स प्रक्रिया तत्कालका लागि स्थगित भएको जनाएको छ ।
बोर्डले १५ कात्तिक मंगलबार एक सूचनाका प्रकाशित गर्दै बोर्डबाट अर्को निर्णय नहुँदासम्म लाइसेन्सका लागि आवेदन लिने र थप काम कारबाही नहुने जनाएको हो । बोर्डले २ असोजमा एउटा स्टक एक्सचेञ्ज, दुईवटा कमोडिटी एक्सचेञ्ज र स्टक ब्रोकरको लाइसेन्सका लागि आवेदन आह्वान गरेको थियो ।
३० दिनभित्र आवेदन दिनुपर्ने स्टक ब्रोरकका लागि ४५ वटा आवेदन परेको छ । स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जका लागि आवेदन दिनको ४५ दिनको अवधि रहेकोमा मंगलबार आवेदन दिने अन्तिम दिन रहेको थियो । तर, ४ कात्तिकमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएपछि बोर्डले प्रक्रिया स्थागित गरेको हो ।
हेर्नुहोस् सूचनाः
प्रतिक्रिया 4