
१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्रमा झण्डासहितको पानीजहाज चलाउने घोषणा पुनः दोहोर्याएको छ । अघिल्लो निर्वाचनमा समेत एमालेले यो योजनालाई प्राथमिकता दिएको थियो ।
यस पटक पनि एमालेले छिमेकी मित्र राष्ट्रहरुको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानीजहाज सञ्चालनमा ल्याउने घोषणा गरेको छ । नेपालका प्रमुख नदी हुँदै गंगाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गर्ने समेत एमालेको घोषणा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4