+
+

महिलालाई स्यानिटरी प्याड किन्न १५०० रुपैयाँ उपलब्ध गराउने एमालेको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १६:०१

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले महिनावारी हुने उमेर समूहका देशभरीका महिलाहरुलाई गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि वार्षिक रुपमा १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सदस्य निर्वाचनका लागि आज सार्वजनिक गरेको घोषणा पत्रको ग्यारेन्टी नं १७ मा ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने उल्लेख गरेको छ ।

त्यसैगरी, एमालेले प्रसूति हुने सतप्रतिशत महिलाको गर्भअवस्थाको नियमित स्वास्थ्य जाँच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य सस्थाबाट नियमित प्रसुति सेवा सुनिश्चित गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

ग्रामिण तथा दुर्गमका जोखिममा रहरेका सुत्केरी महिलाको निः शुल्क आपतकालिन उद्दार सेवा गर्न हवाई एम्बुलेन्स र एम्बुलेन्स सेवा उपलव्ध गराइनेसमेत प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?