+
+

हेटौंडा-काठमाडौं रोप-वे पुनः सञ्चालनमा ल्याउने एमालेको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १६:०९

१५ कात्तिक, काठमाडौं । नेकपा एमालले हेटौंडा–काठमाडौं रोप–वे पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्दै एमालेले बन्द रहेको हेटौंडा–काठमाडौं रोप–वे पुनः सञ्चालन गर्ने भनेको हो । एमालले यसलाई काठमाडौं केन्द्रित मालसामान ढुवानीमा प्रयोग गर्ने समेत उल्लेख गरेको छ ।

देशका अन्य स्थानमा समेत सम्भाव्यता अध्ययन गरी माल सामान ढुवानी गर्न रोप–वे बनाउने एमालेको घोषणा छ । कुनै समय काठमाडौंको अनिकाल हटाउने पूर्वाधारका रुपमा स्थापित रोप–वेको अहिले अस्थपिञ्जर मात्र बाँकी छ । अघिल्लो चुनावपछि करिब तीन वर्ष बढी समय सत्तामा बसेको एमालेले रोप–वे सञ्चालनमा पहल गरेको थिएन ।

राणा प्रधानमन्त्री चन्द्र शमशेरले १९८२ सालमा मकवानपुरको भीमफेदी नजिकै धोर्सिङबाट मातातिर्थसम्म २२ किलोमिटर लामो रोप–वे लाइन निर्माण गराएका थिए । यही रोप–वेबाट काठमाडौंमा सामान ढुवानी हुने गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०५९ सालमा रोपवे खारेजीको निर्णय गरेको थियो । रोप–वेमा ८ वटा टर्मिनल र ७ वटा स्टेसन छन् । यस रोप–वेमा ३६० वटा डिब्बा सामान ओसार्न प्रयोग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?