
१५ कात्तिक, काठमाडौं । नेकपा एमालले आगामी ५ वर्षमा निजगढ विमानस्थल निर्माण गर्ने बताएको छ । एमालेले आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्दै यस्तो बताएको हो ।
सबै प्रदेशमा रहेका विमानस्थललाई स्तरोन्नती र विस्तार गरी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नती गर्ने समेत घोषणा पत्रमा उल्लेख छ ।
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने समेत एमालेको भनाइ छ । सबै पालिकामा हेलिप्याड बनाउने योजनालाई पनि एमालेले दोहोर्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4