+
+

प्रदेश कमिटी सदस्यसहित बाराका ७६ जनाले त्यागे एमाले

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १७:३३

१५ कात्तिक, बारा । बारा ३ मा पार्टीले उठाएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका प्रदेश कमिटी सदस्यसहित बाराका ७६ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

एमाले परित्याग गर्नेमा मधेस प्रदेश कमिटी सदस्यहरु श्रीकाजी मोक्तान, उमेश कुशवाह, कलामुद्दीन अन्सारी, प्रदीप साह तथा पूर्व सदस्य देवराज घिमिरे रमणलगायतका ७६ जना छन् ।

उनीहरुले बारा ३ बाट प्रतिनिधि सभामा ज्वालाकुमारी साह र प्रदेश सभातर्फ बारा ३ को २ मा महम्मद समिरलाई उम्मेदवार बनाएकोमा असन्तुष्टि जनाएर एमाले परित्याग गरेका हुन् । साह र समिर दुवै जना नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका थिए ।

पार्टी परित्याग गर्नेहरुले आज (मंगलबार) निकालेको संयुक्त विज्ञप्तिमा बारा ३ मा ४० वर्षदेखि पार्टीमा कार्यरत, योग्य, दक्ष र इमान्दार कार्यकर्ता हुँदा हुँदै कार्यकर्ताको चाहना र भावना विपरीत क्षेत्र बाहिरबाट टुरिष्ट उम्मेदवार ल्याउँदा कार्यकर्ताहरुले घोर अपमान र लज्जा महसुस गरेको उल्लेख छ ।

‘पार्टीभित्र व्यक्तिवादी नियन्त्रण कायम गरेर आलोचना आत्मलोचनाको परिपाटी समाप्तगरी निषेधको राजनीतिले पार्टीको दर्शन, विचार, नीतिको सैद्धान्तिक स्खलन भएको छ,’ उनीहरुले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले एमाले नेताहरुको गतिविधि र व्यवहारका कारण श्रमिक, किसान, मजदुरका साथै नेपाल र नेपाली जनताको हित र जीवनस्तर सुधारका पक्षमा जनताको अपेक्षा अनुसार काम हुने अवस्था नदेखिएकाले पार्टी परित्याग गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?