+
+

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी बैंक २–३–४ को जादु’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १७:३८

काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाइल एप प्रयोगकर्ताहरुका लागि ‘महालक्ष्मी बैंक २–३–४ को जादु’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत महालक्ष्मी मोबाइल एप प्रयोग गरी दुई महिनासम्म तीन वटा कारोबार गर्ने ग्राहकहरु मध्ये भाग्यशाली चार ग्राहकहरुले स्मार्ट फोन प्राप्त गर्न सक्नेछन् ।

महालक्ष्मी मोबाइल एप प्रयोग नगरेका ग्राहकहरुलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजना १ नोभेम्बर २०२२ देखि ३१ डिसेम्बर २०२२ सम्म लागु हुने बैंकले जनाएको छ ।

ग्राहकले दुई महिनासम्म तीन वटा कारोबार गर्दा कारोबार रकम न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा माथि साथै कम्तीमा पनि एउटा कारोबार मोबाइल टपअपको हुनुपर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?