
१६ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वरको महादेव मन्दिर दर्शनका लागि पुगेका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको सिलसिलामा ओली त्रिपुरेश्वरको मन्दिरमा गएको उनको सचिवालयले जनाएको छ ।
‘किरण पौडेलले काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणलाई चुनावी एजेण्डा बनाउनु भएको छ, किरणकै योजना अनुसार ओली त्रिपुरेश्वर आउनु भएको हो,’ पौडेल निकट एक कार्यकर्ताले भने ।
यसअघि १६ साउनमा ओली पशुपतिको गंगा आरतीमा पनि सहभागी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4