+

यू-२३ राष्ट्रिय भलिबल टिमको लागि खेलाडी छनोट गरिने

२०७९ कात्तिक  १६ गते ८:२७ २०७९ कात्तिक १६ गते ८:२७
यू-२३ राष्ट्रिय भलिबल टिमको लागि खेलाडी छनोट गरिने

१६ कात्तिक, काठमाडौं । नेपाल भलिबल संघले यू-२३ राष्ट्रिय पुरुष भलिबल टिम बनाउनका लागि २३ वर्षमुनिका खेलाडी छनोट गर्ने भएको छ ।

मंगलबार बसेको संघको कार्यसमिति बैठकले बंगलादेशको ढाकामा आयोजना हुने सिएभिए यू २३ पुरुष भलिबल प्रतियोगितालाई मध्यनजर गर्दै यू-२३ टिम बनाउन लागेको हो ।

त्यसैका लागि तीन दिन सम्म खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्ने संघले निर्णय गरेको हो ।

पहिलो पटक सेन्ट्रल एसियाका राष्ट्रहरु सम्मिलित यू-२३ प्रतियोगिता ढाकामा आगामी डिसेम्बर २० देखि २७ सम्म आयोजना हुँदैछ ।

त्यसमा यसअघि नेपालले सहभागि जनाउने पक्का भएको संघले जनाइसकेको छ ।

खेलाडी छनोट कार्यक्रम यही कात्तिक २१ देखि २३ गतेसम्म राष्ट्रिय खेलकुद परियदको कभर्डहलमा हुने संघले जनाएको छ ।

संघले सबै जिल्ला, क्लबहरुका २३ वर्ष मुनिका इच्छुक खेलाडीलाई छनोटमा सहभागिता जनाउन समेत आग्रह गरेको छ । छनोटमा सहभागि हुने नागरिकता साध ल्याउनुपर्नेछ ।

यस्तै संघले बंगलादेशमै आयोजना हुने सीएभए महिला र पुरुष बिच भलिबल प्रतियोगिताका लागि पनि महिला र पुरुष टिमका लागि खेलाडी छनोट गर्ने जनाएको छ ।

बिच भलिबलको लागि पनि छनोट कात्तिक २१ देखि २३ गतेसम्म काठमाडौंमा हुने संघले जनाएको छ ।

साथै संघले सात वटै प्रदेश भलिबल संघका अध्यक्षलाई इन्डोर भलिबल र बिच भलिबलका लागि छनोटमा आफ्ना खेलाडीहरु पठाउन आग्रह गरेको छ ।

पुरुष भलिबल टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय