+
+

प्रचण्डको स्पष्टीकरण चित्तबुझ्दो भएन, बाजा बजाउनेको खोजी गर्न आयोगको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १२:३५

१६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका समयमा बाजा बजाएको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताएको छ ।

२३ असोजमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ मा पुग्दा बाजागाजा समेत गरिएको थियो । यसबारे आयोगले सोधेको स्पष्टीकरणमा प्रचण्डले कसले बजायो भन्ने थाहै नभएको जवाफ दिएका थिए ।

तर आयोगले यो स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै त्यसमा कोको व्यक्ति थिए ? प्रचण्डले लगेका हुन् वा होइनन् भनेर खोजबिन गर्न मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?