
१६ कात्तिक, काठमाडौं । सरकारले केशव शर्मा बिडारीलाई सचिवमा बढुवा गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सचिवमा बढुवा गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सागरकुमार राई ९ कात्तिकमा अनिवार्य अवकाश पाएसँगै रिक्त भएको एक प्राविधिक सचिवका लागि तीन जनाको नाम लोकसेवा आयोगले सिफारिस गरेको थियो ।
आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिव रामआधार साह, विश्वबाबु पुडासैनी र शर्माको नाम सिफारिस गरेको थियो । जस अनुसार साह पहिलो नम्बर, पुडासैनी दोस्रो नम्बर र शर्मा तेस्रो नम्बरमा थिए । तर बढुवा हुँदा तेस्रो नम्बरमा शर्माले बाजी मारेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सहसचिवमा कार्यरत शर्मालाई सचिव बनाउने प्रधानमन्त्री देउवा पत्नी आरजू राणाकै जोडबल रहेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रतिक्रिया 4