+
+

कांग्रेसले घोषणापत्र कार्यान्वयन गर्छ : डा महत

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १५:५७

१६ कात्तिक, रुपन्देही । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रमा कार्यान्वयन गर्नसक्ने विषय मात्र राखेको बताएका छन् ।

लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा कार्यक्रममा बुधबार डा. महतले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्र प्रचार गर्नका लागि नभएर काम गर्नका लागि भएको बताउनुभयो ।

‘जे गर्न सकिन्छ त्यो राख्ने हो, काम गर्न नसक्ने किन राख्ने’, उनले प्रतिप्रश्न गरे । उनले निर्वाचनपछि सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले ल्याउने र त्यसको पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने बताए ।

नेपाली कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहनुभएका प्रवक्ता डा महतले एक सय ६५ सिटमध्ये ९१ सिटमा नेपाली कांग्रेसका उम्मेदवार भएकाले अन्य पार्टीभन्दा निश्चितरुपमा धेरै सिट आफ्नो पार्टीको आउने दाबी गरे ।

पाँच वर्ष पहिले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख भएका योजना र अहिले जारी गरिएको घोषणापत्रमा समेटिएका बुँदा जनतालाई झुक्याउनेभन्दा अरु नयाँ केही नभएको उनले दाबी गरे ।

नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रमा रेल चलाउने भनेको आन्तरिक यातायातका लागि दैनिक चल्ने हो, खर्च धान्न नसकिने गरी चलाउन आवश्यक नभएको उनले बताए । उनले भने, ‘हामी ऋण काढेर रेलमा लगानी गर्ने पक्षमा छैनौँ, चल्नसक्ने काम गर्नेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?