+

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीको लगातार दोस्रो जित

२०७९ कात्तिक  १६ गते १६:०९ २०७९ कात्तिक १६ गते १६:०९
प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीको लगातार दोस्रो जित

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले कर्णालीलाई ३२ रनले पराजित गरेको छ । प्रतियोगितामा गण्डकीको यो लगातार दोस्रो जित हो ।

समूह ए अन्तर्गत त्रिवि मैदानमा २०९ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ४७ ओभरमा १७६ रनमै समेटियो ।

कर्णालीका लागि हिमान्सु शाहीले सर्वाधिक ६९ रन बनाए । उनले ११६ बलमा ८ चौका प्रहार गरे । ओपनर तथा कप्तान रविन्द्र शाहीले ४२ रन र प्रकाश जैसीले १५ बनाउनुबाहेक कर्णालीका अन्य सबै ब्याटरले दोहोरो कंकको रन जोड्न सकेनन् ।

बलिङतर्फ गण्डकीका लागि सुभास भण्डारी र चन्द्र पौडेलले सर्वाधिक ३-३ विकेट लिए । कप्तान विपिन खत्रीले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०८ को योगफल खडा गरेको थियो ।

गण्डकीका लागि चौथो क्रमका ब्याटर अभिषेक बस्नेतले सर्वाधिक ५१ रन बनाए । उनले ४५ बलमा ८ चौका र १ छक्का प्रहार गरे । ओपनर ब्याटर अर्जुन कुमाल ४९ रनमाक्याच आउट भए । विधान श्रेष्ठ ६ रनमा आउट भए । अर्जुन र विधानले दोस्रो विकेटका लागि ६७ रनको साझेदारी गरी पारी उकासेका थिए ।

बलिङतर्फ कर्णालीका लागि अनुज चनराले सर्वाधिक ४ विकेट लिए । उनले ९ ओभरमा ५१ रन खर्चिए । त्यस्तै प्रकाश जौशीले ३ र दिनेश अधिकारीले २ विकेट लिए ।

तस्वीरहरूः विकास श्रेष्ठ/अनलाइनखबर

प्रधानमन्त्री कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय