
काठमाडौं। विश्वमा सर्वत्र पाइने कमिलाहरु विभिन्न आकार प्रकारमा पाइन्छन् । कमिलाहरुको आकार निकै सानो हुन्छ । यस्तो सानो जीवका अंग प्रत्यंगहरु कस्ता होलान् ? हामीले खासै ख्याल गर्दैनौँ ।
हालै एक विश्वव्यापी फोटोग्राफी प्रतियोगिताको आयोजना गरिएको थियो । Small World Photomicrography Competition 2022 नामक उक्त प्रतियोगितामा साना जीवहरुको तस्वीर खिचेर पठाउनुपर्ने थियो ।
उक्त प्रतियोगितामा एक व्यक्तिले कमिलाको अनौठो तस्वीर खिचेर पठाए, जसले सबैलाई तिनछक्क पारिदियो । उक्त तस्वीरमा कमिलाको अनुहार निकै भयानक जस्तो देखिन्छ ।
लिथुआनियाका फोटोग्राफर युजिनियस काभलियाउस्कसले उक्त तस्वीर खिचेका हुन् । उक्त तस्वीरको शीर्षक थियो कमिला अर्थात Ant (Camponotus) छ।
कमिलाको एलियन जस्तो अनुहारलाई एक स्टेरिया १०× माइक्रोस्कोपबाट पाँचपटक विस्तार गरी खिचिएको हो । निर्णायकहरुले उक्त शानदार तस्वीरलाई क्ष्mबनभक या म्ष्कतष्लअतष्यल वर्गमा राखेर पुरस्कृत गरे ।
भयानक देखिने उक्त विस्तारित तस्वीरमा राक्षसका राता आँखा जस्ता देखिने वस्तु कमिलाको एन्टेना हुन् ।
प्रतिक्रिया 4