
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल ।
१६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न निर्देशन दिएको छ ।
आयोगको बुधबार बसेको बैठकले करको दर हेरफेर गर्ने निर्णय बदर गरी २४ घण्टाभित्र आफूलाई जानकारी गराउन निर्देशन दिएको हो ।
साथै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थमन्त्री रामजी बराल, मुख्यसचिव र अर्थिक मामिला सचिवलाई किन कारबाही नगर्ने भनेर स्पष्टीकरण सोधेको छ ।
गण्डकी प्रदेश सरकारले ८ असोजमा घरजग्गा र सवारी कर घटाउने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4