
काठमाडौं । राधा पौडेलको उपन्यास ‘मारियम मान्छे भई’ सार्वजनिक भएको छ । एक मुस्लिम समुदायकी किशोरीको रजस्वला हुँदाको भोगाइ र संघर्षको कथा उपन्यासले प्रस्तुत गर्छ ।
‘मारियम मान्छे भई’ एक मुस्लिम किशोरीको कथा हो । निम्नमध्यम वर्गीय नेपाली समाजमा छोरीहरुले गर्नुपर्ने संघर्ष र भोगाइ उपन्यासको विषयवस्तु हो ।
मासिक रजस्वलाका कारण उसले नियमित रुपमा खुम्चिनु परेको कथाको पेटारो किताबमा समेटिएको छ । लेखक पौडेलले भनिन्, …मारियम मात्र होइन, तपाईं, तपाईंको पुस्ता, दरपुस्तालाई मान्छे भएर बाँच्नका लागि यो पुस्तक अपरिहार्य क्याप्सुल सावित हुनेछ भन्ने अपेक्षा गरेको छु ।Ú
नेपालमा ‘मर्यादित महिनावारी’को अवधारणा सुरुवात गरेकी लेखकले ‘राधा पौडेल फाउन्डेसन’ मार्फत महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी छन् ।
पुस्तकलाई सांग्रीला बुक्सले प्रकाशन गरेको हो । सांग्रीला बुक्सबाट यसअघि लेखक राधा पौडेलका बाल्यकालीन संस्मरण ‘रोल नम्बर एक’ र अनुदित पुस्तक ‘सर्जिकल राजोनिवृत्ति’ प्रकाशित भइसकेका छन् ।
प्रतिक्रिया 4