
काठमाडौं । प्रियंका कार्कीको मुख्य भूमिका रहेको हरर तथा थ्रिलर फिल्म ‘चि मुसी ची’को प्रदर्शन मिति तय भएको छ । निर्माताले शुक्रबार विज्ञप्ति जारी गर्दै फिल्म पुस १५ गते रिलिज हुने जानकारी दिएका छन् ।
यो फिल्मको अंग्रेजी नाम ‘इभन डेड डिजायर बिलङ्गिङ’ राखिएको छ । फिल्ममा प्रियंकासहित ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी र राजन खतिवडाको मुख्य भूमिका छ ।
फिल्मले नेपालमा हरर तथा थ्रिलर शैलीको फिल्ममा ट्रेण्ड स्थापित गर्ने निर्माता अरुण चक्रवर्तीको विश्वास छ । फिल्मलाई जेम्स र यश सैनीले संयुक्त रुपमा निर्देशन गरेका हुन् । यो फिल्म नेपाली र बलिउड प्राविधिकको सहकार्यमा भएकाले पनि नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास निर्माण पक्षले लिएको छ ।
रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रवर्तीले फिल्ममा लगानी गरेका छन् । वितरण राइट्स डीसीएन र डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ ।
प्रतिक्रिया 4