
काठमाडौं । जातीय छुवाछुतको कथावस्तुमा निर्माण भएको फिल्म ‘नीरमाया’को पहिलो गीत ‘मायाको रङ हुँदैन’ सार्वजनिक भएको छ । रिमेशकुमारको संगीत रहेको गीतमा धर्मेन्द्र सेवान र रेखा शाहको स्वर समावेश छ । उत्तम भेटवालको रचना छ ।
गीतमा फिल्मका मुख्य कलाकारहरु जेबी डीसी, अजित लामिछाने, प्रतिशा रिजाल र समृद्धि पौडेल चित्रित छन् । रमेश कोइराला निर्देशित फिल्मको प्रस्तुतकर्ता अनन्त तिमल्सिना हुन् ।
फिल्ममा रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरेको पनि अभिनय छ । सरकारले १७ वर्षअघि नै जातीय छुवाछुत अन्त्यको घोषणा गरे पनि व्यवहारमा लागु हुन नसकेको आवाज फिल्मले पेस गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4