
काठमाडौं । अहिलेको जमानामा मान्छेहरुका लागि आफू सुहाउँदो जागिर पाउन हम्मेहम्मे छ । मानिसहरु जागिर पाउनका लागि ठूलै संघर्ष गर्नुपर्दछ । यही मौकामा ब्राजिलको एक कम्पनीले अनौठो नोकरीका लागि विज्ञापन खुलाएको छ । यो नोकरी केवल महिलाहरुका लागि हो । यो जागिर पाउने महिलाहरुले तलब बापत मोटो रकम कमाउनेछन् ।
विज्ञापन खोलेको उक्त पदको नाम ‘लोयल्टी इन्स्पेक्टर’ अर्थात् ‘बफादारी निरीक्षक’ हो । यो पदमा भर्नाका लागि विभिन्न परीक्षा तथा अन्तरवार्ता पनि भैरहेको छ । केही कर्मचारी नियुक्ति पनि गरिसकिएको छ ।
यो जागिरमा नियक्त हुने बफादारी निरीक्षकको काम निकै नौलो रहेको छ । बफादारी निरीक्षकलाई एकजना पुरुषको नाम तथा ठेगाना बताइनेछ । निरीक्षकले उक्त पुरुषको बफादारीताको परीक्षण गर्नुपर्नेछ ।
बफादारी निरीक्षकहरु कुनै पुरुषका गर्लफ्रेण्ड वा पत्नीहरुको अनुरोधमा नियुक्त गरिएका हुन्छन् । उनीहरुले त्यस्ता लक्षित पुरुषसँग आफ्नो सम्बन्ध तथा निकटता बढाउँदछन् र उक्त पुरुषलाई विवाहेत्तर सम्बन्धमा तान्नका लागि च्याट, मेसेज तथा फोटोहरु पठाउने गर्दछन् ।
त्यसरी कुनै अपरिचित केटीले सम्पर्क राख्दा पुरुषहरुले कस्तो व्यवहार देखाउँछन् भन्ने कुराको रिपोर्ट बफादारी निरीक्षकहरुले पुरुषका गर्लफ्रेण्ड वा पत्नीहरुलाई बुझाउँछन् ।
अनौठो त के भने यो जागिरमा ग्राहक र जागिरे दुबै महिला हुन्छन् र उनीहरुको लक्षित व्यक्ति पुरुष हुन्छ ।
–एजेन्सी
प्रतिक्रिया 4