+
+

दक्ष नागरिक, समृद्ध नेपालको नारासहित दुई दलको संयुक्त भाकल-पत्र सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १९ गते १७:२४

१९ कात्तिक, काठमाडौं । पुनर्जागरण पार्टी र राष्ट्रिय नागरिक पार्टीले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि संयुक्त भाकल–पत्र सार्वजनिक गरेका छन् ।

‘दक्ष नागरिक, समृद्ध नेपाल’ को मूल नारासहित शनिबार काठमाडौंमा जारी गरिएको भाकल-पत्रमा आदर्श, मूल्य र मान्यताको राजनीतिलाई बढावा दिने उल्लेख गरिएको छ ।

पुनर्जागरण पार्टीका अध्यक्ष तथा काठमाडौं-४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार श्यामबाबु गौतमले घोषणापत्रमा जेल भत्काएर श्रम शिविर बनाउने, स्वास्थ्य क्षेत्रमा भएको माफियाकरण ध्वस्त पार्नेजस्ता एजेन्डा अघि सारिएको बताए ।

कार्यक्रममा राष्ट्रिय नागरिक पार्टीका महामन्त्री बिबी थापाले युवाहरुले अब राजनीतिमा सशक्त हस्तक्षेप गर्नुपर्ने बताए । उनले हर्क र बालेन शाहहरुले स्वतन्त्रबाट जितेर नयाँ काम गरेको स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?