
काठमाडौं । लघुकथा समाज नेपालको अध्यक्षमा गोपाल अस्क निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १५ औं साधारणसभाले अस्कलाई अध्यक्षमा चयन गरेको हो ।
समाजको उपाध्यक्षमा तुलसीहरि कोइराला, महासचिवमा सुमन सौरभ, कोषाध्यक्षमा छविरमण सिलवाल र सचिवमा श्रीबाबु कार्की चयन भएका छन् । यस्तै कार्यकारी सदस्यहरूमा सिन्धु गौतम, सुषमा मानन्धर, नवराज रिजाल, राजेश खनाल, रामकुमार पण्डित तथा तारा केसी रहेका छन् ।
लघुकथा विधालाई स्थापित गर्न र यो विधाको प्रवर्द्धनका लागि २०६४ सालमा स्थापित लघुकथा समाजले १५ वर्षमा लघुकथाको सिध्दान्तको पुस्तक प्रकाशित गरेको छ ।
समाजले वार्षिक पमा लघुकथा पत्रिका समेत प्रकाशन गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4