
२१ कात्तिक, धनगढी । कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ ।
जिल्लाको भजनी नगरपालिका-६ को नवलपुरस्थित भित्री सडकखण्डमा ना२ख १३८१ नम्बरको ट्रकले बा८६प ३४८७ को मोटरसाइकललाई ठक्कर दिंदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाअनुसार दुर्घटनामा मोटरसाइकल चालक भजनी नगरपालिका-६ बस्ने २१ वर्षीय अविशेक चौधरीको मृत्यु भएको हो भने पछाडि सवार धिरेन्द्र चौधरी समान्य घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4