+
+

सिटी एक्सप्रेस योजना : दोस्रो महिनाको विजेता बन्दै नुना गुरुङले जितिन् एक तोला सुन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १३:०७

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत दोस्रो महिनामा १ तोलाको सुन जित्ने विजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्युतीय प्रणालीमार्फत विजेता छनोट गर्दा यूकेबाट रेमिटान्स पठाउने नुना गुरुङले १ तोला सुन जित्न सफल भएकी छन् ।

सोही योजना अन्तर्गत १२ असोजदेखि १५ कात्तिकसम्म दोस्रो चरणको अन्य पाँच जनाले साप्ताहिक उपहार १०/१० तोला चाँदी जित्न सफल भएका छन् ।

साउदी अरबबाट अजय तामाङ, कोरियाबाट रवीन्द्र मानन्धर, कुवेतबाट सुनिता दराई, इराकबाट सुशिला तामाङ साथै कुवेतबाट रेमिट्यान्स पठाउने हसन मोहम्मद नाउ गरी ५ जनाले १०/१० तोला चाँदी जित्न सफल भएका छन् ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत १५ भदौमा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ६३ दिनसम्म चल्ने उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ ।

योजना अवधिभर सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका हुन् ।

कम्पनीले अब छिट्टै ५ तोला सुन जित्ने बम्पर बिजेताको नाम पनि लक्की ड्र मार्फत घोषणा हुने जानकारी गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?