
२१ कात्तिक बुटवल । रुपन्देही-२ मा बामदेब गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले प्रतिनिधिसभा सदस्यमा विष्णु पौडेललाई समर्थन गरेको छ ।
सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज महेन्द्र अर्यालले पौडेल एमाले पार्टीका लागि मात्रै नभएर सिंगो राष्ट्रका लागि आवश्यक पात्र भएकाले समर्थन जनाएको बताए ।
उनले भने, ‘विष्णु पौडेल सिंगो बामपन्थी आन्दोलनलाई एकीकृत गरेर लैजानुपर्छ भन्ने मान्यता बोकेका व्यक्ति हुन् । नितान्त एमाले मात्रै नबुझेर उहाँ राष्ट्रको नेता हो । राष्ट्रका लागि आवश्यक नेता हो ।’ नेकपा एकता अभियानका रुपन्देही जिल्ला इन्चार्ज राधेश्याम गुप्ताले रुपन्देही-२ मा आफूहरुको २५ सय मतदाता रहेको दावी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4