
काठमाडौं । दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता राजकुमार राई २४ वर्षपछि फिल्ममा पुनरागमन गर्ने भएका छन् । उनको पछिल्लो फिल्म ‘सोल अफ द कमाण्डो’ मंसिर २३ गते रिलिज हुने भएको छ ।
सन् १९९८ मा रिलिज भएको फिल्म ‘कमाण्डो’मा उनले मुख्य भूमिका निर्वाह गरेका थिए । सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौं एसियाली खेलकुदमा उनले तेक्वान्दोमा कास्य तथा सन् १९९९ मा नेपालमा भएको साफमा स्वर्ण पदक जितेका थिए ।
फिल्म ‘सोल अफ द कमाण्डो’ मा शिशिर बाङ्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बू, पूर्ण लिम्बू र सुस्मिता लिम्बूको पनि मुख्य अभिनय छ ।
युवराज (वीरबहादुर) राई निर्देशित फिल्मको कार्यकारी निर्माता विजय एल राई हुन् । सिलिचुङ फिल्म प्रालिले निर्माण गरेको फिल्मको निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बू छन् ।
अभिनेता राईले फिल्म प्रदर्शनबाट संकलित रकम च्यारिटीमा समेत खर्च गर्ने जनाएका छन् ।
प्रतिक्रिया 4