
२१ कात्तिक, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने उपकरहरुको सुरक्षा गरिदिन सरकारसँग माग गरेको छ ।
महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै देशका विभिन्न स्थानमा भौतिक पूर्वाधारको विकास विस्तारमा प्रयोग भइरहेका उपकरणहरु अगजनी गर्ने, तोडफोड गर्ने लगायतका कार्य हुने गरेको भन्दै सुरक्षाका लागि सरकारसँग माग गरेको हो ।
विकास निर्माणका लागि खटिने निर्माण व्यवसायी र उपकरण माथि क्षति पुर्याउने कार्य नरोकिएका भन्दै महासंघले यस्तो घट्नाप्रति भर्त्सना गरेको छ ।
भौतिक पूर्वधार विकास निर्माणका क्रममा प्रयोग हुने व्यवसायीको उपकरणमाथि हुने आक्रमण नरोकिए देशव्यापी आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ ।
१४ कात्तिकमा ओखलढुंगाको वाङगेखोला, केउरिनिटार शाखा सडक मर्मत योजनामा प्रयोग भइरहेको एस्काभेटरमा आगजनी भएको महासंघका महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ओखलढुंगा निर्माण व्यवसायी संघका सदस्य सृजनशील कन्स्ट्रक्सन प्रालि काठमाडौंको स्वामित्वमा रहेको बा ३ क ४३०६ नम्बरको एस्काभेटरम चिसङ्खगढी गाउँपालिका-२ मा अज्ञात समूहबाट आगजनी भएको उनले बताए । पीडित निर्माण व्यवसायीलाई क्षतिपूर्ति सहित दोषी उपर कडा कारबाही हुनुपर्ने महासंघधको माग छ ।
प्रतिक्रिया 4