+
+

देउवाकै नेतृत्वमा अबको सरकारः डा. महत

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते ११:५१

२२ कात्तिक, हेटौंडा । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले चुनापवपछि बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै गर्ने बताएका छन् ।

मंगलबार बिहान हेटौंडामा नेपाल प्रेस युनियन मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अब बन्ने सरकार फेरि पनि शेरबहादुर देउवाकै नेतृत्वमा बन्ने दाबी गरेका हुन् ।

‘स्थिरता दिने नेतृत्व भनेकै नेपाली कांग्रेसको नेतृत्वको गठबन्धन हो । अहिले पनि हामीसँग बहुमत छैन, तर शेरबहादुरजीले सबैलाई मिलाएर लैजानुभएको छ ।’ उनले भने, ‘१६५ सिटमा ९१ सिटमा कांग्रेस एक्लै छ, ७४ सिटमा बाँकी ४ दल छन् । नेतृत्वदायी भूमिकामा स्वभाविक रुपमा नेपाली कांग्रेस हो भन्ने कसलाई थाहा छैन र ।’

थोरै बोल्ने तर खुरुखुरु आफ्नो काम गर्ने खालको नेता भएको भन्दै उनले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको प्रशंसा गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोलेको बोल्यै गर्ने तर काम केही नगर्ने खालको नेता भएको उनले टिप्पणी गरे ।

पत्रकार सम्मेलनमा बोल्दै महतले भने, ‘आज देश जोड्ने सहिष्णु नेतृत्व चाहिएको छ । शेरबहादुरजीको नेतृत्व जोड्ने नेतृत्व हो । पार्टीभित्र एकताका साथ सर्वसम्मत निर्णय गर्नुभएको छ । अरु दललाई समेत जोडेर संविधान रक्षा, स्थिरता र समृद्धिको लागि लागिरहनुभएको छ ।’

४० प्रतिशत सिट समानुपातिक मतका आधारमा निर्वाचित हुने व्यवस्था भएकोले गर्दा कुनै दलले बहुमत ल्याउन नसक्ने हुँदा गठबन्धन गर्नु परेको महतले बताए । पार्टीहरुबिचमा लय मिलेको, एउटै लक्ष्यका लागि एकै ठाउँमा उभिएका भएकाले गठबन्धन गर्नु उपयुक्त देखेर अहिलेको गठबन्धन बनेको उनले स्पष्ट पारे ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन खेलकुद क्षेत्र समन्वय तथा प्रचारप्रसार उपसमितिले आयोजना गरेको खेलाडी भेटघाट तथा छलफल कार्यक्रममा सहभागि हुन महत सोमबार बेलुका हेटौंडा आइपुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?