
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमसँग उषा
काठमाडौं । कलाकारलाई पनि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी माहौलले छोपेको छ । मनपर्ने उम्मेदवार र दललाई भोट माग्दै कलाकार चुनावी कार्यक्रममा सहभागी हुन थालेका छन् ।
म्युजिक भिडियोकी चर्चित मोडल उषा उप्रेती पनि चुनावी कार्यक्रममा व्यस्त छिन् । उनी यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार सोविता गौतमको पक्षमा खुलेकी छन् ।
उम्मेदवार गौतमको घरदैलो कार्यक्रममा भाग लिंदै उषाले घण्टी चिन्हमा मतदान गर्न आग्रह गरेकी छन् । ‘भोट फर सोविता दिदी’ लेख्दै सामाजिक सञ्जालमा उनले उम्मेदवार गौतमसँगको तस्वीर पनि सेयर गरेकी छन् ।
उषा पछिल्लो समयकी सबैभन्दा व्यस्त म्युजिक भिडियो मोडल हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4