+
+

कोका-कोलाको फिफा वर्ल्डकप क्याम्पेन ‘ड्रिंक-बिलिभ-विन’ सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १८:२६

काठमाडौं । कोका–कोलाले आफ्ना फुटबल प्रेमी नेपाली उपभोक्तालाई लक्षित गरेर वर्ल्ड कप विशेष लेबल लन्च गरेको छ । ‘ड्रिंक-बिलिभ-विन’ नाम रहेको यस क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले फिफा वर्ल्डकप अफिसियल फुटबल, टिशर्ट, ज्याकेट जस्ता मर्कन्डाइजहरू जित्न सक्ने जनाएको छ ।

क्याम्पेनमा सहभागी हुनका लागि उपभोक्ताहरूले कोक बोतलको नयाँँ फिफा वर्ल्डकप लेबलमा भएको ‘क्यूआर’ कोड स्क्यान गरेर लेबल पछाडि भएको युनिक कोड पठाउनुपर्ने कम्पनीले जनाएको छ । त्यस्तै कोक(स्पेस)(लेबल पछाडिको नम्बर)(स्पेस)(आफ्नो नाम)टाइप गरेर ३४९४९ मा पनि एसएमएस पठाउन सकिने छ । अथवा कोकाकोलाको वेबसाइट www.coca-cola.com.np  मा गएर आवश्यक जानकारी प्रदान गरेर पनि यस क्याम्पेनमा सहभागी हुन सकिने जनाएको छ ।

१५ कात्तिकदेखि सुरु भएको यो क्याम्पेन २८ मंसिरसम्म लागु हुने जनाएको छ। यो अफर लागु नहुने बोतलहरू पनि बजारमा उपलब्ध रहेको जनाइएको छ । पुरस्कार दावी गर्नका लागि आफूसँग भएको लेबल अनिवार्य रुपमा सुरक्षित राख्नुपर्ने हुन्छ । यो अफर २५० मिलि, ५०० मिलि, १ लिटर र २.२५ लिटरको कोका–कोला र कोका–कोला जिरो सुगरको खरिदमा प्राप्त गर्न सकिने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?