+
+

मंसिर १६ मा रिस्ताको ‘पासो’, कमाइको १५ प्रतिशत च्यारिटीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १६:५४

काठमाडौं । रिस्ता बस्नेत अभिनित फिल्म ‘पासो’ मंसिर १६ गते रिलिज हुने भएको छ । निर्माताले बुधबार प्रदर्शन मिति तय गर्दै आधिकारिक पोस्टर सार्वजनिक गरेका छन् ।

बीआर इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म एक्सनप्रधान र थ्रिलर शैलीको लाग्छ । आरबी पुनको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई भगवान भुजेलले निर्माण गरेका हुन् ।

फिल्ममा वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सहनिर्माताको रुपमा छन् । फिल्ममा रिस्तासहित, सुनिशा बजगाईं, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल र प्रणव आकाशको अभिनय छ ।

फिल्मले दुई साथीलाई एक अज्ञात अपराधिक समूहले अपहरण गरेपछि उनीहरुले बाँच्नका लागि गरेको संघर्षको कथालाई प्रस्तुत गरेको छ ।

फिल्मको नेट कलेक्सनको १५ प्रतिशत रकम धादिङमा निर्माण हुने ‘जीवन विज्ञान’ धाम निर्माणका लागि प्रदान गरिने निर्माता भगवान भुजेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?