
२३ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ कात्तिकमा काठमाडौंमा सभा गर्ने भएको छ । उक्त सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ नेताहरुले सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।
आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उमेदवारहरुले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रम समेत रहेको छ ।
राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावी सभा गरिसकेको छ ।
राप्रपाले २४ कात्तिकमा सिन्धुपाल्चोक, सिन्धुली, सिरहा, मकवानपुर, उदयपुर र सुनसरीको धरानमा सभा गर्ने प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
राप्रपाले कात्तिक २९ गतेसम्म चुनावी सभा गर्ने गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4