
२३ कात्तिक, काठमाडौं । काठमाडौंको बसुन्धरा सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बुधबार नारायणगोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धारा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा कालिका-९ का ४७ वर्षीय बेलबहादुर राना मगर र मादी गाउँपालिका-५ वर्षीय कल्पना राना मगर रहेका छन् ।
प्रहरीले ना. ८ ख.१८४१ को ट्रक चालकलाई नियन्त्रणमा लिएको छ भने मृतकका आफन्तहरुलाई सम्पर्क गर्ने प्रयास भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4