
२४ कात्तिक, कलैया। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सत्तागठबन्धन अहिलेको आवश्यकता भएको भन्दै गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आह्वान गरेका छन्।
नेपाली कांग्रेस बाराद्वारा पार्टी कार्यालय कलैयामा बिहिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता निधिले गठबन्धनका उम्मेदवारहरुलाई भोट हालेर सत्तागठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
४ मंसिरको चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार गठन हुने र त्यही सरकारले नागरिकता विधेयक अघि बढाएर नागरिकता समस्याको सधैका लागि हल गर्ने उनले जिकिर गरे ।
उनले भने, ‘ चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार गठन हुन्छ र यही सरकारले नागरिकता विधेयक अघि बढाएर नागरिकता समस्याको सधैका लागि हल गर्छ।’
नेता निधिले चुनाबमा एमाले नेतृत्वको गठबन्धन बलियो भएमा नागरिकता समस्या कहिल्यै पनि हल नहुने उल्लेख गरे।
कांग्रेस जिल्ला सभापति राजेश यादवको सभापतित्वमा भएको अगुवा कार्यकर्ता भेलामा पूर्वराज्यमन्त्री कलावती पासवान, पूर्वसांसद डा. शोभाकर पराजुलीलगायतले पार्टीभित्रका सानातिना विवादलाई भुलेर गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका थिए ।
प्रतिक्रिया 4