+

कतार विश्वकपका लागि क्यामरुनको टोली घोषणा

२०७९ कात्तिक  २४ गते १७:३८ २०७९ कात्तिक २४ गते १७:३८
कतार विश्वकपका लागि क्यामरुनको टोली घोषणा

२४ कात्तिक, काठमाडौं । यही नोभेम्बर २० मा कतारमा सुरु हुने पिफा विश्वकप फुटबलका लागि क्यामरुनले टोली घोषणा गरेको छ ।

प्रशिक्षक रिगोबर्ट सोङले बुधबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा लामो समयदेखि खेल्दै बएका सेन्टर ब्याक माइकल एगाडेउ एगाडजुई भने अटाएनन् ।

प्रशिक्षकले घरेलु लिगमा खेल्ने दुई खेलाडी साउइबु मारोउ र जेरोमी एनगोमलाई टिममा समेटेका छन् ।

क्यामरुनको कप्तानी भिनसेन्ट अबाउबाकरले गर्नेछन् । जसले सन् २०१० मा किशाेर उमेरमै विश्वकप खेलेका थिए भने २०१४ मा ब्राजिलमा पनि खेलेका थिए ।

डिफेण्डर निकोलास एनकोउलोउ र बायर्न मयुनिखका फरवार्ड एरिक म्याक्सिम चोउपो मोटङका लागि पनि यो तेस्रो विश्वकप हो ।

क्यामरुनले नोभेम्बर २४ स्वीट्जरल्याण्डसँग खेल्दै विश्वकप सुरुवात गर्नेछ । क्यामरुन र स्वीट्जरल्याण्डसँगै ब्राजिल र सर्बिया समूह ‘जी’ मा छन् ।

क्यामरुनको टिम

गोलकिपरः डेभिस एपासी, सिमोन एगापान्डोउट्एनबु, आन्द्रे ओनाना

डिफेण्डरः जिन चार्ल्स कास्टेलेट्टो, एन्जो एबोस्स्, कोलिन्स फाई, ओलिभिएर एमबाइजो, निकोलस एनकोउलोउ, टोलो नोउहोउ, क्रिस्टोफर वुह

मिडफिल्डरः मार्टिन होङग्ला, पिएरे कुन्डे, ओलिभर एनचाम, गाएल ओन्डोउअ, सामुएल ओउम गोउएट, आन्द्रे फ्रान्क जाम्बो अङ्गुइस्सा

फरवार्डः भिनसेन्ट अबाउबाकर, क्रिस्टियन बासोगोग, एरिक म्याक्सिम चोउपो मोटिङ, साउएइबोउ मरोउ, ब्रायन एमबेउमा, निकोला मोउमी एनगामालेउ, जेरोमी एनगोम, जर्गेस केभिन, जिन पिएरे एनसामे, कार्ल टोको एकाम्बी

क्यामरून फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय