
२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं क्षेत्र नम्बर १० मा पार्टीका उम्मेदवार राजन केसीलाई चुनाव जिताएर पठाएर मन्त्री बनाउने आश्वासन दिएका छन् ।
शुक्रबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, राजनजीलाई चुनाव जिताएर पठाउनुस्, मन्त्री बनाउने काम मेरो भयो ।’
२०७० र ०७४ मा चुनाव जितेका केसी मन्त्री भएका छैनन् । यो पटक देशका अधिकांश स्थानमा सत्तारुढ दलहरुको गठबन्धन हुँदा कीर्तिपुरमा माओवादी केन्द्रको छुट्टै उम्मेदवार छ । प्रदेशसभा (१) तर्फ आफूलाई नछाडेको भन्दै माओवादीले स्थायी कमिटी सदस्य अञ्जना विशंखेलाई उठाएको छ ।
एकीकृत समाजवादी भने कांग्रेससँगै छ । प्रदेश (१) मा कांग्रेसमा पुकार महर्जन र (२) मा एकीकृत समाजवादीका रमा आले मगर उम्मेदवार छन् ।
कार्यक्रममा देउवाले विचार सिद्धान्त फरक फरक भएपनि संविधान र लोकतन्त्र जोगाउन आफूहरुले गठबन्धन गर्नु परेको बताए । यो चुनावले पनि मुलकलाई कता लैजाने भनेर फैसला गर्ने भन्दै उनले भने, ‘यदि हामीले जित्यौं भने १०÷१५ वर्षसम्म गठगबन्धन जान्छ । लोकतन्त्र र शान्ति स्थायी हुन्छ ।’
प्रतिक्रिया 4